
सुन चाँदी व्यवसायी शोकमा

कपिलवस्तु, १४ असोज
एक महिनाको अवधीमा संघ आबद्ध दुई व्यवसायीको असामहिक निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघ आबद्ध व्यवसायी शोक परेका छन ।

बरिष्ठ सञ्चारकर्मी समेत रहेका संघका सल्लाहकार बनारसी बर्माको असामयिक निधनको एक महिना नपुग्दै संघका सचिव राधबेन्द्र वर्मा (संदीप) को समेत असामयिक निधन भएको छ । उच्च रक्तचाप र मृगौला रोगको कारण मृत्यु भएका सञ्चारकर्मी वर्माको निधन पश्चात कोरोनाको संक्रमण समेत पुष्टी भएको थियो ।

गत शनिबार साँझ घरबाट घुम्न भनि निस्किएका राघबेन्द्रको सोमबार साँझ यशोधरा गाँउपालिका ८ खोरिया स्थित बाणगंगा नदीमा डुबेको अवस्थामा शव फेला परेको थियो । वर्माले सदरमुकाम तौलिहवामा सुच चाँदी पसल सञ्चालन गर्दै आएका थिए । एक महिनाको अबधी दुई व्यवसायीको निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघको बैठकले शोक प्रश्ताव पारित गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवार प्रति साहानुभुती प्रकट गर्ने निर्णय गरेको छ । एक महिनाको अबधीमा संघका सल्लाहकार र सचिवको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको कपिलवस्तु सुन चाँदी व्यवसायी संघका अध्यक्ष देवी प्रसाद वर्माले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया