

सुन चाँदी व्यवसायी शोकमा



कपिलवस्तु, १४ असोज
एक महिनाको अवधीमा संघ आबद्ध दुई व्यवसायीको असामहिक निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघ आबद्ध व्यवसायी शोक परेका छन ।

बरिष्ठ सञ्चारकर्मी समेत रहेका संघका सल्लाहकार बनारसी बर्माको असामयिक निधनको एक महिना नपुग्दै संघका सचिव राधबेन्द्र वर्मा (संदीप) को समेत असामयिक निधन भएको छ । उच्च रक्तचाप र मृगौला रोगको कारण मृत्यु भएका सञ्चारकर्मी वर्माको निधन पश्चात कोरोनाको संक्रमण समेत पुष्टी भएको थियो ।

गत शनिबार साँझ घरबाट घुम्न भनि निस्किएका राघबेन्द्रको सोमबार साँझ यशोधरा गाँउपालिका ८ खोरिया स्थित बाणगंगा नदीमा डुबेको अवस्थामा शव फेला परेको थियो । वर्माले सदरमुकाम तौलिहवामा सुच चाँदी पसल सञ्चालन गर्दै आएका थिए । एक महिनाको अबधी दुई व्यवसायीको निधन भए सगै कपिलवस्तु सुन चाँदी व्यवसायी संघको बैठकले शोक प्रश्ताव पारित गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवार प्रति साहानुभुती प्रकट गर्ने निर्णय गरेको छ । एक महिनाको अबधीमा संघका सल्लाहकार र सचिवको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको कपिलवस्तु सुन चाँदी व्यवसायी संघका अध्यक्ष देवी प्रसाद वर्माले बताए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया