

१० हजार थान नक्कली मतपत्रसहित २ जना पक्राउ



वीरगञ्ज
१० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले गएराति बागमती प्रदेश ०१-०२५ च ६६३६ नम्बरको कारमा राखेर १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप र ४८ थान स्ट्याम्प प्याड ओसारिरहेको अवस्थामा पक्राउ गरिएको हो । बाराको कलैयाबाट आइरहेको सो कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा सो सामग्री फेला परेको थियो । उनीहरुको साथबाट २ लाख ७२ हजार नगद समेत बरामद गरिएको छ ।
बरामद गरिएका नक्कली मतपत्रमध्ये करिब ३०० जति मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया