

मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका प्रचार सामग्री भोलि मध्यरातसम्म हटाउनुपर्ने



काठमाण्डाै
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव आउन अब ४ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवारले भोलि मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने छन् । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न पाइने छैन ।
दल तथा उम्मेदवारले गएको १७ गतेदेखि चुनाव प्रचार सुरु गरेका थिए । निर्वाचन आयोगले भोलि मध्यरातपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले भोलि बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइने छैन ।
निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।
यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार हुने मतदान तथा मतदानपछि मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न उहाँको आग्रह छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया