

रुपन्देही २ : विष्णु पौडेललाई वामदेव समर्थकको साथ





रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामदेव गौतम नेतृत्वको (नेकपा) राष्ट्रिय एकता अभियानको साथ पाउने भएका छन् । सो पार्टीले रूपन्देहीको क्षेत्र नं २ मा पौडेललाई सघाउने घोषणा गरेको छ ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियानका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनीका इन्चार्ज महेन्द्र अर्यालले पार्टीको समर्थन पौडेललाई रहने जानकारी दिएका हुन् । विष्णु पौडेल एमालेको मात्र नेता नभई सिंगो देशको नेतृत्व गर्न सक्ने नेता भएकाले आफ्नो समर्थन उनलाई रहेको उनको जिकिर छ ।
‘उहाँ सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजान सक्ने नेता हुनुहुन्छ, अर्यालले भने, ’उहाँ राष्ट्रका लागि आवश्यक नेता हो ।’
अभियानका राष्ट्रिय अध्यक्ष वामदेव गौतमले आफ्ना मतदाता र समर्थकहरूलाई स्वविवेक मताधिकार प्रयोग गर्न निर्देशन दिएका थिए । उनले सत्ता गठबन्धनको सहयोगमा प्युठानबाट चुनाव उठ्न भाहेका थिए । सो क्षेत्र जनमोर्चाको भागमा परेपछि उनको दलले निर्वाचनमै भाग नलिने निर्णय गरेको थियो ।
यसअघि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
वामदेवको सहयोग पाएपछि पौडेललाई निर्वाचन जित्न थप राहत मिलेको छ । पौडेलको क्षेत्रमा २५ सयभन्दा बढी मत रहेको अर्यालको दाबी छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया