

रुपन्देही २ : विष्णु पौडेललाई वामदेव समर्थकको साथ



रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामदेव गौतम नेतृत्वको (नेकपा) राष्ट्रिय एकता अभियानको साथ पाउने भएका छन् । सो पार्टीले रूपन्देहीको क्षेत्र नं २ मा पौडेललाई सघाउने घोषणा गरेको छ ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियानका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनीका इन्चार्ज महेन्द्र अर्यालले पार्टीको समर्थन पौडेललाई रहने जानकारी दिएका हुन् । विष्णु पौडेल एमालेको मात्र नेता नभई सिंगो देशको नेतृत्व गर्न सक्ने नेता भएकाले आफ्नो समर्थन उनलाई रहेको उनको जिकिर छ ।
‘उहाँ सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजान सक्ने नेता हुनुहुन्छ, अर्यालले भने, ’उहाँ राष्ट्रका लागि आवश्यक नेता हो ।’
अभियानका राष्ट्रिय अध्यक्ष वामदेव गौतमले आफ्ना मतदाता र समर्थकहरूलाई स्वविवेक मताधिकार प्रयोग गर्न निर्देशन दिएका थिए । उनले सत्ता गठबन्धनको सहयोगमा प्युठानबाट चुनाव उठ्न भाहेका थिए । सो क्षेत्र जनमोर्चाको भागमा परेपछि उनको दलले निर्वाचनमै भाग नलिने निर्णय गरेको थियो ।
यसअघि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
वामदेवको सहयोग पाएपछि पौडेललाई निर्वाचन जित्न थप राहत मिलेको छ । पौडेलको क्षेत्रमा २५ सयभन्दा बढी मत रहेको अर्यालको दाबी छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया