

पाल्पामा नमुना मतदान



पाल्पा : निर्वाचनमा बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान कार्यक्रम गरिएको हो ।
नमुना मतदान कार्यक्रमबाट मतदातालाई मत कसरी खसाल्ने ? कसरी सही मत खसाल्न सकिन्छ ? भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । नमुना मतदानमा ३५ पुरुष तथा २४ जना महिला मतदाता सहभागी भएका थिए ।
यस्तै नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको संख्याका बारेमा समेत जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । नमुना मतदान जिल्लाको अन्य स्थानमा समेत सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
पहिलो चरणको नमुना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो । जिल्लाका मतदाताको अवस्था हेरेर अन्य स्थानमा पनि नमुना मतदान कार्यक्रम हुनेछ । नमुना मतदान कार्यक्रम गरेपछि मतदाता शिक्षा समेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पामा पाँच प्रतिशत बढी मत बदर भएको थियो ।
यस पटक स्थानीय तहमा भन्दा बदर मत कम हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले भने पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयम्सेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया