

पाल्पामा नमुना मतदान


पाल्पा : निर्वाचनमा बदर हुने मतको संख्या घटाउन पाल्पामा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा बदर हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान कार्यक्रम गरिएको हो ।
नमुना मतदान कार्यक्रमबाट मतदातालाई मत कसरी खसाल्ने ? कसरी सही मत खसाल्न सकिन्छ ? भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । नमुना मतदानमा ३५ पुरुष तथा २४ जना महिला मतदाता सहभागी भएका थिए ।
यस्तै नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको संख्याका बारेमा समेत जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । नमुना मतदान जिल्लाको अन्य स्थानमा समेत सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
पहिलो चरणको नमुना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो । जिल्लाका मतदाताको अवस्था हेरेर अन्य स्थानमा पनि नमुना मतदान कार्यक्रम हुनेछ । नमुना मतदान कार्यक्रम गरेपछि मतदाता शिक्षा समेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पामा पाँच प्रतिशत बढी मत बदर भएको थियो ।
यस पटक स्थानीय तहमा भन्दा बदर मत कम हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले भने पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयम्सेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया