

कृष्णनगरमा मनाईयो छठ, घाट व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्छ :- नगर प्रमुख शाह


कपिलवस्तु, कार्तिक १३
देशको विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आज आइतवार साझ अस्ताउने सूर्यलाई अर्घ्य दिइएको छ ।
कृष्णनगर नगरपालिकाको सेमराको पोखरीमा छठ घाट व्यवस्थापनका लागी कृष्णनगर नगरपालिकाले आवस्यक सहयोग दिदै आएको तथा छठ घाट व्यवस्थापनमा सहयोग रहने जानकारी नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताए।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत आइतबार साँझ सूर्यलाई अर्घ दिएका छन l कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूसुवा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया