

कपिलवस्तुको बाणगंगामा ऐतिहासिक रामकुमार बाबाको पूजा गरियो





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ऐतिहासिक रामकुमार बाबाको विधिवत पूजा गरिएको छ । पौराणिक मान्यता अनुसार रामकुमार बाबाको पूजा गर्दा जंगली जनावरको डर तथा आक्रमण नहुने र घरायसी पशुचौपाय पनि नहराउने मान्यता रहि आएको छ ।
पौराणिक समयमा यहाँका रैथाने थारु जातिले वन्य जन्तुको डर त्रास हटाउन बाणगंगाका नगरपालिका वडा नम्बर ९ को पडरिया स्थित हालको सहरेपानि सामुदायिक वन क्षेत्रमा कार्तिक चर्तूदशीका दिन रातभार जागराम बस्ने र पञ्चमीका दिन बिहान विधिवत लवकुशको पुजा गरी पर्साद ग्रहण गरी यो पर्व मनाउने गरेको कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष कुमारमधु बेल्वासेले जानकारी दिनुभयो ।
हरेक तीन वर्षमा मनाइने यो पर्वमा साबिकको भलवाड गाबिस र मोतिपुर गाबिस हाल बाणगंगा नगरपालिका वडा नम्ब ७, ८ र ९ नम्बर वडाका प्राय सबै नागरिकहरु सहभागि हुने गर्दछन् । कात्तिक चतुर्दशिका दिन रातभर जंगलमै जाग्राम बसी त्यसको भोलि पल्ट पञ्चमि तिथिका दिन राँगा, बंगुर, खसी,बोका र कुखुराको बलि दिइ सबै गाउँले समान भाग लगाइ आफ्ना सबै सदस्यहरुलाई खुवाउने र रमाइलो गरी यो पर्व मनाउने गरिन्छ ।
यसैबिच आज सम्पन्न रामकुमार बाबाको पूजा स्थलमा आउँदो मंसिर ४ का लागि तय भएको निर्वाचनमा होमिएका उम्मेद्धारहरु समेत पुगेका थिए । नेकपमा एमालेका बलराम अधिकारी, विष्णु पन्थी, सत्ता गठबन्धनका डोलकराम घिमिरे, लगाएतका नेता कार्यक्रताहरु रामकुमार बाबाको पूजा स्थालमा सहभागित भएका थिए । यहाँ वडा अध्यक्ष कमल पौडेल सहित वडाका निर्वाचित सदस्यहरु समेत दिनभर खटिएका थिए । यो मेला एैतिहासिक रहेको बाणगंगा ९ का थारु अगुवा सम्भुराम थारुले साझाकुरासँग बताउनुभएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग












प्रतिक्रिया