

गोठ भत्किँदा पाल्पामा एक जनाको मृत्यु



असोज १२, पाल्पा ।
गोठ भत्किएर पाल्पामा सोमबार एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीस्थित डबकाका ५४ वर्षीय हरिबहादुर लम्तरी रहेका घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। घटनास्थलमै लम्तरीको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए। सोही गाउँपालिका वडा नम्बर ८ सोमहरका ४८ वर्षीय अमरबहादुर पेग्मी घाइते भएका छन्। छिमेकी पुतली सुनारको गोठमा गारो लगाउने क्रममा एक्कासि भत्किएर उनीहरू दिउँसो करिब २ बजे पुरिएका थिए। पुरानो गोठ मर्मत गर्ने क्रममा भत्किएको हो। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। लम्तरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन ल्याउँदै गरिएको उनले बताए। गोठ भत्किँदा दुई वटा भैंसी र एउटा बाख्रासमेत मरेका छन्। केही मानिस भने भागेर ज्यान बचाउन सफल भएका थिए।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया