

गोठ भत्किँदा पाल्पामा एक जनाको मृत्यु



असोज १२, पाल्पा ।
गोठ भत्किएर पाल्पामा सोमबार एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीस्थित डबकाका ५४ वर्षीय हरिबहादुर लम्तरी रहेका घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। घटनास्थलमै लम्तरीको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए। सोही गाउँपालिका वडा नम्बर ८ सोमहरका ४८ वर्षीय अमरबहादुर पेग्मी घाइते भएका छन्। छिमेकी पुतली सुनारको गोठमा गारो लगाउने क्रममा एक्कासि भत्किएर उनीहरू दिउँसो करिब २ बजे पुरिएका थिए। पुरानो गोठ मर्मत गर्ने क्रममा भत्किएको हो। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। लम्तरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन ल्याउँदै गरिएको उनले बताए। गोठ भत्किँदा दुई वटा भैंसी र एउटा बाख्रासमेत मरेका छन्। केही मानिस भने भागेर ज्यान बचाउन सफल भएका थिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया