

बुटवलमा व्यवसायीहरुद्धारा ब्याज घटाउन माग गर्दै प्रदर्शन





बुटवल । बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्था आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य सङ्घको आह्वानमा विरोध प्रदर्शन भएको हो ।
बुटवल उद्योग वाणिज्य सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र सैनामैना उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका महासचिव विमलराज भट्टराईले बैङ्क तथा वित्तीय संस्थालाई सचेत गराउन साङ्केतिक विरोध गरिएको बताउँदै माग सुनुवाइ नभए अझै सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
सो अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायी तरलता अभावले झनै पिल्सिनुपरेको र त्यसमाथि बैङ्क तथा वित्तीय संस्थाले महिनैपिच्छे ब्याजदर वृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई बचाउन बैङ्कको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, अहिलेको आर्थिक सङ्कटका कारण उद्योगी व्यवसायी किस्ता ब्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनुपर्ने किस्ता ब्याज तिर्ने समयावधि थप गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी बनाउन नहुने, बैङ्कले सुरुमा लगानी गरेको ब्याजदर कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिबिना बढाउन नपाइने, चालू पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले व्यवसायीको माग सुनुवाइ नगरिए उद्योगी व्यवसायी थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया