

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



रुपन्देही । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाशीश कृष्णराम कोइरालाले भैरहवाको बालमन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका पाँच वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
असोज १५ गतेदेखि २० गते भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन कार्यातालिका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको उनले बताए ।
प्रतिनिध सभा क्षेत्र नं। २ को कार्यालय बुटवल उपमहानगरको पुरानो कार्यालयमा स्थापना गरिएको छ । यस्तै क्षेत्र नं। ३ को बालमन्दिर भैरहवा, १ को देवदह सित्तलनगर नगरपालिका, ४ को कोटहीमाई गाउँपालिका कार्यालय, ५ को गैडहवा गाउँपालिकाकामा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
असोज २१ गते राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र २३ गते मनोनयन दर्ताको तयारी सुरु भएको निर्वाचन अधिकृत उद्धविर नेपालीले जानकारी दिए । निर्वाचन आचारसंहिता यहि असोज १२ गतेदेखि लागू भएको छ ।


खबर सबै
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु






प्रतिक्रिया