

पाल्पाको ऐतिहासिक दशैं घरमा भित्र्याइयो फूलपातीे



पाल्पा। दशैंको सातौं दिन आइतबार पाल्पाको तानसेनस्थित ऐतिहासिक दशैं घरमा फूलपाती भित्र्याइएको छ। तत्कालीन जनरल कर्णेल उजिरसिंह थापाले २०० वर्ष अघि स्थापना गरेको दशैं घरमा फूलपाती भित्र्याइएको हो।
जिल्ला प्रशासन कार्यालय परिसर सिल्खान टोलस्थित दशैंघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ। सिलेखाना परिसरमा रहेको कोतघरमा पनि दैनिक सैनिक सलामीसहित पूजाआजा गरिन्छ। यहाँ पनि पनि फूलपाती भित्र्याइएको छ।
प्रमुख जिल्ला अधिकारी, सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दशैंघरबाट बाजागाजासहित फूलपाती लिन टुँडिखेलस्थित नागपोखरीमा जाने चलन छ।
स्थानीयका अनुसार यहाँ पनि टुंडिखेलमा जस्तै बढाइँ गर्ने र सलामी दिने चलन थियो। तानसेनमा गोरखाबाट समेत फूलपाती ल्याउने शाहवंशीय परम्परा थियो। पछिल्लो केही वर्षयता भने परम्परा धान्नका लागि मात्रै दशैं घरमा पूजा गर्ने गरिन्छ। स्थानीय प्रशासन, सैनिक र प्रहरी यो परम्परा धान्दै आएका छन्।
बाजागाजासहित रातो डोली सहित फूलपाती लिन जाने परम्परा छ। सेनाको टोली फूलपाती लिन दरबारबाट असनटोल, नारायणटोल हुँदै टुँडिखेल नागपोखरी पुगेको थियो। दशैं घरमा सलामी दिने र बाजा बजाउँदै नेपाली सेनाको व्यारेकमा फूलपाती लिन जाने परम्परा रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया