

पाल्पाको ऐतिहासिक दशैं घरमा भित्र्याइयो फूलपातीे



पाल्पा। दशैंको सातौं दिन आइतबार पाल्पाको तानसेनस्थित ऐतिहासिक दशैं घरमा फूलपाती भित्र्याइएको छ। तत्कालीन जनरल कर्णेल उजिरसिंह थापाले २०० वर्ष अघि स्थापना गरेको दशैं घरमा फूलपाती भित्र्याइएको हो।
जिल्ला प्रशासन कार्यालय परिसर सिल्खान टोलस्थित दशैंघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ। सिलेखाना परिसरमा रहेको कोतघरमा पनि दैनिक सैनिक सलामीसहित पूजाआजा गरिन्छ। यहाँ पनि पनि फूलपाती भित्र्याइएको छ।
प्रमुख जिल्ला अधिकारी, सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दशैंघरबाट बाजागाजासहित फूलपाती लिन टुँडिखेलस्थित नागपोखरीमा जाने चलन छ।
स्थानीयका अनुसार यहाँ पनि टुंडिखेलमा जस्तै बढाइँ गर्ने र सलामी दिने चलन थियो। तानसेनमा गोरखाबाट समेत फूलपाती ल्याउने शाहवंशीय परम्परा थियो। पछिल्लो केही वर्षयता भने परम्परा धान्नका लागि मात्रै दशैं घरमा पूजा गर्ने गरिन्छ। स्थानीय प्रशासन, सैनिक र प्रहरी यो परम्परा धान्दै आएका छन्।
बाजागाजासहित रातो डोली सहित फूलपाती लिन जाने परम्परा छ। सेनाको टोली फूलपाती लिन दरबारबाट असनटोल, नारायणटोल हुँदै टुँडिखेल नागपोखरी पुगेको थियो। दशैं घरमा सलामी दिने र बाजा बजाउँदै नेपाली सेनाको व्यारेकमा फूलपाती लिन जाने परम्परा रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया