

दशैँमा नयाँ नोट मात्रै १६ अर्ब साटियो, ५६ अर्ब रकम बजारमा गयो



काठमाडौं । दशैंका लागि ५६ अर्ब रुपैयाँ बजारमा गएको छ ।
नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत साना र ठूला दरका उक्त परिमाणको नोट बजारमा पठाएको हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार यो दशैंमा ५ देखि १०० सम्मका साना दरका नयाँ नोट मात्रै १६ अर्ब रुपैयाँ साटिएको छ ।
साना दरका नोट गत वर्षको तुलनामा बढी साटिएको हो । गत वर्षको तुलनामा यो वर्ष साटिएको नयाँ नोट करीब २ अर्ब रुपैयाँले बढी बजारमा गएको नेपालले बताए ।
उनका अनुसार नयाँ नोट बजारमा गएसँगै ५ सय र १ हजार दरका नोट पनि बजारमा गएका छन् ।
नेपालका अनुसार यो वर्ष दशैंलाई ४० अर्ब रुपैयाँका ठूला दरका नोट बजारमा पठाइएको छ । चलनचल्तीमा भएका पुराना नोट बजारबाट आउने र राष्ट्र बैंकमा भएका नयाँ नोट बजारमा जाने गरेको छ ।
ठूला दरका नोट नयाँ र पुराना दुवै गएका छन् भने साना दरका भने नयाँ मात्रै बजारमा गएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्षमा बजारमा गएको नोटमा सबैभन्दा बढी १ हजार दरकै रहेको छ । १ हजार दरका २३ करोड ५२ लाख थान नोट बजारमा जाँदा साना दरका ५ को भने २२ करोड ७१ लाख रहेको छ ।
बजार गएका नोट पुरानो हुने, थोत्रिने गरेका कारण बर्सेनि राष्ट्र बैंकले झुत्रा नोट जलाउने गरेको छ ।
पछिल्लो एक वर्षमा राष्ट्र बैंकले बजारमा बैंककै तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंक आएका ६ अर्ब २९ करोड रुपैयाँ बराबरको नोट जलाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया