

बुटवलमा दशैं सस्तो बजार सुरु



बुटवल । बुटवलमा सोमबारदेखि दसैं सस्तो बजार सुरु भएको छ । उपभोक्तालाई कम मूल्यमा सरल र सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार सञ्चालनमा ल्याएको हो । मेलाको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उनले महँगीले समस्या पारेका बेला यस्ता बजारले उपभोक्तालाई केही राहत हुने विश्वास व्यक्त गरे ।
पाँच दिनसम्म चल्ने दसैं सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, चामल, तेल, चिया, कफी, अचार, साबुनलगायत दैनिक उपभोग्य सामान राखिएका छन् । अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका खाद्यान्न बजारमा छन् ।
नेपाल दुग्ध विकास संस्थान (डीडीसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहित विभिन्न कम्पनीका घिउ, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन बिक्री वितरण तथा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया