

बुटवलमा दशैं सस्तो बजार सुरु



बुटवल । बुटवलमा सोमबारदेखि दसैं सस्तो बजार सुरु भएको छ । उपभोक्तालाई कम मूल्यमा सरल र सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार सञ्चालनमा ल्याएको हो । मेलाको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उनले महँगीले समस्या पारेका बेला यस्ता बजारले उपभोक्तालाई केही राहत हुने विश्वास व्यक्त गरे ।
पाँच दिनसम्म चल्ने दसैं सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, चामल, तेल, चिया, कफी, अचार, साबुनलगायत दैनिक उपभोग्य सामान राखिएका छन् । अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका खाद्यान्न बजारमा छन् ।
नेपाल दुग्ध विकास संस्थान (डीडीसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहित विभिन्न कम्पनीका घिउ, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन बिक्री वितरण तथा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया