

लुम्बिनी प्रदेशि : संविधान दिवस मनाउन मुल समिति गठन,यस्तो छ कार्यक्रम





बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस विशेष रूपमा मनाउनका लागि एक सय सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।
समितिमा मुख्यमन्त्री केसीका अतिरिक्त प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्य न्यायाधीश, स्थानीय तह, विभिन्न प्रदेशस्तरका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू छन् । संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम आयोजना गरिने प्रदेश सरकारले जनाएको छ ।
आइतबार बसेको बैठकले आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र आन्तरिक मामिला तथा सञ्चार सचिव सदस्यसचिव रहेको निर्देशक समितिसमेत गठन गरेको छ ।
असोज २ गते प्रदेशस्थित सबै कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, सरसफाइ गर्ने, प्रदेशस्थित सबै कार्यालयमा दीपावली गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी असोज ३ गते बिहान प्रभातफेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, प्रदेश सरकारबाट पदक पाउनेहरूको नामावली सार्वजनिक गर्ने, स्थानीय टेलिभिजनहरूबाट अन्तरवार्ता, परिसंवाद लगायत प्रसारण गर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीय तहलाई संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न अनुरोध गर्ने, साँझ दीपावली गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए । असोज ४ गते बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, प्रदेशस्थित कार्यालयहरूमा साँझ दीपावली गर्ने निर्णय भएको उनले बताए ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया