

राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने, महाभियोग फेश गर्ने



काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’ उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए ।
यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ ।
राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् । उक्त विद्येयकमा एमालेको विरोध छ । सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदालत जानेसम्मको चेतावनी दिएका थिए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया