

बेलायतको नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रस नियुक्त



एजेन्सी बेलायतमा नयाँ प्रधानमन्त्रीका रुपमा आज लिज ट्रस नियुक्त हुनुहुने भएको छ । ४७ वर्षीया नेतृ ट्रसलाई बेलायती महारानी एलिजाबेथ द्वितीयाले औपचारिक रुपमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको हो । उहाँले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्नुहुनेछ ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम चरणमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गरी ट्रस विजयी हुनुभएको हो ।
बेलायतको ५६औँ प्रधानमन्त्री बन्न लागेकी ट्रस त्यहाँको तेस्रो महिला प्रधानमन्त्री समेत बन्नुहुनेछ । यसअघि मार्गरेट थ्याचर र टेरिसा मे प्रधानमन्त्री बन्नुभएको थियो । ट्रसले कर कटौती गर्ने आफ्नो प्रतिबद्धता लागू गर्ने र बेलायतलाई मन्दीमा जानबाट रोक्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
बोरिस जोनसन नेतृत्वको सरकारमा उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । यस्तै टेरिसा मे र डेभिड क्यामरनको सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसक्नुभएको थियो । बोरिस जोनसन कोभिड नियम उल्लङ्घनलगायत विभिन्न विवादमा तानिएपछि राजीनामा दिन बाध्य हुनुभएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया