

रुपन्देही ४ मा एमालेबाट नेताहरुको नाम सिफारिश



बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि रूपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ र ‘ख’ बाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिवार क्षेत्र नम्बर ४ ‘क’ सांसद कमिटीको बैठकले एक महिलासहित ३ जनाको नाम सिफारिस गरी पठाएको छ । ‘क’ बाट हजरत अली, अनिल गिरी र विन्द्रावती गौडको नाम सिफारिस भएको छ ।
त्यस्तै, प्रदेश सभा ४ ‘ख’ बाट नवप्रवेशी हरिश्चन्द सिंह, विनय मिश्र, रामबचन उर्फ अन्जनी यादव र सुनिता ठठेरको नाम सिफारिस भएको क्षेत्र नम्बर ४ का अध्यक्ष तथा क्षेत्रिय संयोजक कमलेश यादवले जानकारी दिए ।
हरिश्चन्द जनता समाजवादी पार्टी त्यागेर शनिवार एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यता दिई एमालेमा प्रवेश गराएका हुन् । उनले आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया