

साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ



काठमाडौँ । श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीबार बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक कार्यक्रमको आयोजना गरेर श्रीलंका भ्रमण गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। उमेर समूहको साफ प्रतियोगिता खेल्न लागि नेपाल शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ।
टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोइरालालगायत एन्फाका पदाधिकारीले बिदाइ गरे। प्रतियोगिताका लागि यु– १७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार २३ सदस्यीय टोलीको घोषणा गरेका थिए।
१५ सय खेलाडीबाट खुला प्रतिस्पर्धाको माध्यमबाट २३ सदस्यीय टोली बनाइएको हो। कोरोना महामारीका कारण उमेर समूहका प्रतियोगिता हुन नसक्दा उमेर समूहका खेलाडी पनि एन्फामा नभएको अवस्थामा खुला प्रतिस्पर्धा गरिएको थियो।
सेप्टेम्बर ५ देखि १४ सम्म आयोजना हुने साफ यु–१७ को प्रतियोगितामा ६ देशले सहभागिता जनाउँदै छन्। पाकिस्तानले सहभागिता जनाएको छैन।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालको समूहमा भारत र भुटान रहेकोका छन् भने नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ। नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ।
यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन्। सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलबाट समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल सेप्टेम्बर १४ मा हुनेछ। नेपालले यु १७ साफपछि एएफसी एशिया कप छनोट खेल्नेछ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया