

लुम्बिनीमा संगठनिक हैसियत बुझ्ने र जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइनेछ : सभापति पुन





बुटवल : आगामी मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच सिट बाँडफाँट सहज रुपमा गर्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरुले दलहरूको सांगठनिक हैसियत र विगतमा पाएको मत आधारमा सिट बाँडफाँट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले गठबन्धनभित्रको दलको संगठनिक हैसियत बुझ्ने र जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइने बताए ।
आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरूको हैसियतको आधारमा सिट बाँडफाँट गर्दा जित्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धन एमालेसँग एक्लै लड्न नसक्ने अवस्थामा रहेकाले बाध्य भएर गठबन्धन बनाएको बताए ।
उनले देश र जनताको पक्षमा गठबन्धन नरहेको पनि जिकिर गरे । नेता श्रेष्ठले नागरिकता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढावा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाए । एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले एमालेले बहुमत ल्याउने पनि जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट भएको बताए । उनले अघिल्लो स्थानीय तहको चुनावलाई हेर्दा पार्टीभित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै गठबन्धन भित्रका दलहरुले विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताए ।
साक्षात्कारमा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औंल्याए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया