कपिलवस्तुमा डेँगु : संक्रमितको संख्या ५४ पुग्यो

कपिलवस्तु । पछिल्लो एक महिना यता कलिवस्तुमा डेगु संक्रमणको दर बढेको पाइएको छ । यहाँ साउन महिनामा ४८ जनामा यो रोग पुष्टी भएको थियो भने भदौ लागेसँगै पहिलो सातामै थप ६ जनामा डेँगु पुष्टी भएको छ ।
साउनयता कपिलवस्तुमा मात्रै ५४ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सचेतना नअपनाउँदा र नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमित बढेका हुन् ।

वाणगंगा नगरपालिकामा ४८ र कपिलवस्तु नगरपालिकामा ६ जना डेंगुका संक्रमित फेला परेका छन् । जिल्लामा डेंगु फैलिंदै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।

जिल्लाको पिपरा अस्पताल र सदरमुकाममा रहेको कपिलवस्तु अस्पतालमा डेंगुको परीक्षण हुँदा संक्रमित भेटिंदै गएको उहाँको भनाई छ । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताउनुभयो । उहाँका अनुसार प्लेटलेट कम भएका र मुखले खान नसक्नेलाई मात्र अस्तालमा भर्ना गरेर उपचार गरिएको छ । डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने पाण्डेयले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस् ।

कपिलवस्तुमा भाइरल ज्वरो र डेँगु संक्रमण उच्च, पालिका र स्वास्थ्य कार्यालय भने बेखबर

सम्बन्धित समाचार ।

ई–साझाकुरा समाचार प्रभाव : बाणगंगामा भेटिए एकै दिन ४६ डेँगु संक्रमित, नगर स्वास्थ्य शाखाले थाल्यो खोजपड्ताल अभियान

प्रतिक्रिया

खबर सबै