
लुम्बिनी प्रदेशमा गठबन्धनलाई मजबुत ढंगले लैजाने निर्णय

बुटवल । सत्तारुढ गठबन्धन लुम्बिनीले प्रदेशमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मजबुत ढंगले लैजाने निर्णय गरेको छ । शुक्रबार बुटवलमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि तथा प्रदेशसभा बैठकलाई अझै प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । लुम्बिनी मुख्यमन्त्री कुलबहादुर केसीको उपस्थितिमा बसेको बैठकले गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा जारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया