

डेंगु रोगी बढ्दै





रुपन्देही । रुपन्देहीमा दैनिक रूपमा डेंगु संक्रमितको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले हालसम्म जिल्लामा २६९ जना डेगुका रोगी भेटिएको बताए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
डेंगुका रोगी बढेपछि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा खोज तथा नष्ट अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बास स्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको हो । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं। १, ५ र ६ मा खोज र नष्ट अभियान सञ्चालन भइसकेको र अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया