

बिहारको मुख्यमन्त्रीमा नीतीश कुमारद्वारा आठौँ पटक शपथ



एजेन्सी । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नीतीश कुमारले पटना राजभवनमा आज बुधवार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो ।
भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्त भएको भोलिपल्ट उहाँ पुनः मुख्यमन्त्रीमा पदासिन हुनुभएको छ । सात दलीय महागठबन्धनको हिजोको बैठकले उहाँलाई नै मुख्यमन्त्री पदका निम्ति चयन गरेको थियो । तेजस्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उहाँ फेरि सत्तामा पुग्नुभएको हो ।
राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिनुभयो । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित हुनुहुन्थ्यो ।
जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जित्न माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।
बिहार राज्य विधान सभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नीतीश कुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया