
भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छन नेपालमा मूल्य घट्दैन

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडले साउन १६ गते पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। जस अनुसार, पेट्रोलमा १६ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ घटेर आएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य पनि ८६ रुपैयाँ घटेर आएको छ।
नयाँ मूल्य अनुसार, निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७८ पैसा नाफा हुन्छ। डिजेलमा भने अझै पनि नौ रुपैयाँ ३७ पैसा घाटा हुन्छ। नाफा हुँदै आएको पेट्रोल र मट्टीतेलमा पनि निगमले मूल्य नघटाउने जनाएको छ।
बुधबार आयल निगमले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, “अझै पनि निगमलाई आगामी १५ दिनमा करीब ६३ करोड ५८ लाख घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्रीमूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ।”


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक







प्रतिक्रिया