

भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छन नेपालमा मूल्य घट्दैन



भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडले साउन १६ गते पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। जस अनुसार, पेट्रोलमा १६ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ घटेर आएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य पनि ८६ रुपैयाँ घटेर आएको छ।
नयाँ मूल्य अनुसार, निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७८ पैसा नाफा हुन्छ। डिजेलमा भने अझै पनि नौ रुपैयाँ ३७ पैसा घाटा हुन्छ। नाफा हुँदै आएको पेट्रोल र मट्टीतेलमा पनि निगमले मूल्य नघटाउने जनाएको छ।
बुधबार आयल निगमले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, “अझै पनि निगमलाई आगामी १५ दिनमा करीब ६३ करोड ५८ लाख घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्रीमूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ।”


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल








प्रतिक्रिया