

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन





काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । आज बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले विरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्रसमेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र भारतीय आयल कर्पोरेशन ९आईओसी० ले नेपाललाई मूल्य घटाएर पठाउँदासमेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालितरूपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताउनुभयो । उहाँले अहिले सिंहदबारभित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको आरोप पनि लगाउनुभयो । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताउनुभयो ।
त्यस्तै नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताउनुभयो । उहाँले विद्यार्थी सङ्गठनले गरेको मागअनुसार आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।
विरोध प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नुका साथै मूल्य वृद्धि फिर्ता गर्, आयल निगमका दलालहरू होसियार, पेट्रोलियम पदार्थको मूलयवृद्धि समायोजन गर्, स्वचालित मूल्य प्रणाली कायम गर्, जनताको चुलो निभाउन पाइँदैन, परमादेशी सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया