कोभिड–१९ को समयमा लिइएको सहुलियतलाई कटौती गरिने

काठमाडौं

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यव्सथा गरेको बताएका हुन् ।

उनले कर्जाको बृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताए । गभर्नर अधिकारीले कोभिड–१९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको बताए ।

उनले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने बताए । कर्जाको अधिकरण कम गरी उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गर्ने भएको छ ।

प्रतिक्रिया

खबर सबै