

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त



एजेन्सी
श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त हुनुभएको छ ।
७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको श्रीलङ्काको अनलाइन न्युज वायरले जनाएको छ । उहाँले राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग शपथ पनि लिनुभएको खबरमा उल्लेख छ ।
उहाँ श्रीलङ्काको १५औँ प्रधानमन्त्री समेत बन्नुभएको छ । गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसक्नुभएको छ।
गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । उहाँ पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिनुहुन्छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया