

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त





एजेन्सी
श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त हुनुभएको छ ।
७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको श्रीलङ्काको अनलाइन न्युज वायरले जनाएको छ । उहाँले राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग शपथ पनि लिनुभएको खबरमा उल्लेख छ ।
उहाँ श्रीलङ्काको १५औँ प्रधानमन्त्री समेत बन्नुभएको छ । गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसक्नुभएको छ।
गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । उहाँ पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिनुहुन्छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया