

फुड बैंक कपिलवस्तु को टीमको अर्को उत्कृष्ट काम सरसफाई अभियान


नवराज बेल्वासे, असोज ४
कोरोना कहरका बिचमा केही दिन अघि मात्र जिल्लाभर नै अभियानको रूप मा सम्पन्न फुड बैंक सञ्चालन गरी करिब ८०० विपन्न परिवार लाई खाद्यान्न सामग्री वितरण गरेको टीम ले आहिले वाणगंगा नगर सरसफाइ अभियान सुरु गरेको छ।

असोज ३ गते संविधान दिवस को अवसर पारेर हप्ता को हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, हप्तामा २ घण्टा राष्ट्रको लागि भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै फुड बैंक को टीम अहिले सरसफाइ अभियान मा लागिपरेको छ। यद्यपि यो औपचारिक नभए पनि यसलाई एउटा सुरुवात को रूप मा लिन सकिने र अर्को शनिबार असोज १० गते बाट यसलाई औपचारिक रूपमा सुरु गरेर हप्ता को प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म सञ्चालन हुने गरी अभियान लाई लैजाने र जहाँ नगरपालिका र स्थानीय निकाय पुगेको छैन त्यहाँ हामी पुग्छौ भन्ने कुरा युवाहरु बताउँछन्।

शनिबार सम्पन्न कार्यक्रम मा विवेक पौडेल, विशाल अधिकारी ,सुनिता बेल्वासे,मधुसुधन भुसाल, सरोज घिमिरे , निरज भुसाल , सागर बन्जाडे, प्रबिण गौतम, शृजना, माधव अर्याल , पवित्रा भुसाल , भीम पौडेल को सहभागिता रहेको थियो।।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया