

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन





एजेन्सी ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको ६७ वर्षको उमेरमा निधन भएको छ । गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।
नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए ।
आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेको छ ।
जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएपछि विश्वभरिबाट नेताहरूले घटनाको निन्दा गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।
६७ वर्षका सिन्जो आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनु हुन्थ्यो । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नौ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको थियो ।
सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया