
कपिलवस्तु कृषि सहकारीले दियो आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा

नवराज बेल्वासे, कपिलवस्तु । कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम संचालन गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ बैरिया स्थित सो सहकारीले संस्थाका शेयर सदस्यहरुका निम्ति एक दिने सहकारी शिक्षा शिविर बैरियामा रहेको मायादेबि रिसोर्टमा सम्पन्न गरेको जानकारी दिएको छ ।
सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर पौडेल क्षेत्रीको अध्यक्षता तथा सचिव नवदत्त घिमिरेको सञ्चालन रहेको थियो । यस्तै संस्थाका उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा पोष्ट राज गौतम र राम बहादुर पौडेल क्षेत्रीले सहकारी, मुल्यमान्यता र सिद्धान्तका साथसाथै संस्थाका विविध पक्षका बारेमा सहजिकरण गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक सुरेन्द्र घिमिरे र सल्लाहकार समितिका संयोजक धातानन्द भुसालले सम्बोधन गर्नुभएको संस्थाका कोषाध्यक्ष नारायण पौडेलले जानकारि दिनुभएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया