

इतिहासकै कमजोर अवस्थामा नेपाली रुपैयाँ



काठमाडौं
उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ जुन हालसम्मकै नेपाली रुपैयाँको कमजोर अवस्था हो ।
रुस युक्रेन युद्धका कारण महँगो भइरहेको डलरको भाउका कारण पछिल्लो तीन महिनायता डलरको मूल्य बढ्ने क्रम तीव्र देखिएको छ ।
पछिल्लो साता हालसम्मकै उच्च डलरको बिक्री दर १२५ रुपैयाँ ६६ पैसा थियो । तर झण्डै एक साता केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेर नयाँ कीर्तिमानीमा पुग्यो ।
डलरको भाउ बढ्दा भारतीय रुपैयाँ प्रत्यक्ष रुपमा अवमूल्यन भइरहेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँसँगै प्रभावित बनिरहेको छ ।
डलरको मूल्य आकासिदा अध्ययन तथा भ्रमण र आयातका लागि नेपालीले खर्च गर्नुपर्ने रकमको भार थपिने छ । डलर सञ्चिती र शोधानान्तर घाटा झेलिरहेको नेपालको अर्थतन्त्रलाई रुपैयाँको अवमूल्ययन अर्को एउटा प्रमुख चुनौती हुने विज्ञाहरू बताउँछन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया