

अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन


एजेन्सी
अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ । साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकामा गर्भपतनको कानुनी अधिकार थियो । महिलालाई गर्भपतनबारे निर्णय लिने संवैधानिक हक थियो । सो ५० वर्ष पुरानो सो कानुनी अधिकार सर्वोच्चले उल्टाइदिएको हो ।
यससँगै महिलालाई गर्भपतनको कानुनी हक हुने कि नहुने भनेर अमेरिकी राज्यहरुले आ-आफ्नै अलग नियम बनाउन सक्ने छन् ।
अमेरिकाका धेरैजसो राज्यहरुले गर्भपान कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाका १३ राज्यहरुले यसअघि नै गर्भपतनलाई गैरकानुनी मान्ने यस्तै कानुन बनाइसकेका छन् ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया