

सेयर बजार हरियाली, नेप्सेमा ९४ अंकको वृद्धि



काठमाडौं
कहिले ओराले त कहिले उकालो चढिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (आइतबार) ९४ अंकका साथ वृद्धि भएको छ । ५.१ प्रतिशतले बढेको नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँको कारोबार भएको छ भने ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच भएको छ ।
आइतबार सबै उपसमूहका सूचकमा वृद्धि भएको छ । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढेको छ।
यस्तै, करिब तीन दर्जन कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले वृद्धि हुने कम्पनीतर्फ नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंक, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी रहेका छन् ।
यस्तै, हिमाल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रीन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशतले वृद्धि भएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया