

एभर्टनको सहज जित : कलभर्टको हयाट्रिक

असोज ३ काठमाडौँ ।
इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले सहज जित हासिल गरेको छ । शनिबार भएको खेलमा एभर्टनले वेस्ट बोर्नलाई ५(२ गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा डोमिनिक कलभर्ट लेविनले ह्याट्रिक गरेका थिए । उनले खेलको ३२औ, ६२औ र ६६औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।त्यस्तै यसै सिजनमा रियल म्याड्रिडबाट एभर्टन आएका कोलम्बियाका जेम्स रोड्रीगेजले एभर्टनका लागि पहिलो गोल गरेका छन् । रोड्रीगेजले ४५औ मिनेटमा गोल गरेका थिए ।त्यस्तै एभर्टनका लागि अर्को गोल मिचेल कीनले गरेका थिए ।वेस्टबोर्नका लागि ग्राड़ी डियानगाना र माथेस पेरेइराले एक एक गोल गरेका थिए ।
त्यस्तै वेस्ट बोर्नका किएरन गिब्सले पहिलो हाफको अन्तिममा रातो कार्ड पाएर मैदान छोड्दा वेस्टबोर्न पुरै दोस्रो हाफ १० खेलाडीमा सिमित भएको थियो ।त्यस्तै पहिलो हाफ सकिएपछि रेफ्रीसँग विवाद गरेका वेस्ट बोर्नका प्रशिक्षक स्लाभेन बिलिकलाई रेफ्रीले रातो कार्ड दिएका थिए । यो जितसँगै एभर्टनले यस सिजनको प्रिमियर लिगमा उत्कृष्ट शुरुवात गरको छ । एभर्टनले खेलेका दुवै खेलमा जित हासिल गर्दै ६ अंक हासिल गरेको छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया