

एभर्टनको सहज जित : कलभर्टको हयाट्रिक



असोज ३ काठमाडौँ ।
इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले सहज जित हासिल गरेको छ । शनिबार भएको खेलमा एभर्टनले वेस्ट बोर्नलाई ५(२ गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा डोमिनिक कलभर्ट लेविनले ह्याट्रिक गरेका थिए । उनले खेलको ३२औ, ६२औ र ६६औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।त्यस्तै यसै सिजनमा रियल म्याड्रिडबाट एभर्टन आएका कोलम्बियाका जेम्स रोड्रीगेजले एभर्टनका लागि पहिलो गोल गरेका छन् । रोड्रीगेजले ४५औ मिनेटमा गोल गरेका थिए ।त्यस्तै एभर्टनका लागि अर्को गोल मिचेल कीनले गरेका थिए ।वेस्टबोर्नका लागि ग्राड़ी डियानगाना र माथेस पेरेइराले एक एक गोल गरेका थिए ।
त्यस्तै वेस्ट बोर्नका किएरन गिब्सले पहिलो हाफको अन्तिममा रातो कार्ड पाएर मैदान छोड्दा वेस्टबोर्न पुरै दोस्रो हाफ १० खेलाडीमा सिमित भएको थियो ।त्यस्तै पहिलो हाफ सकिएपछि रेफ्रीसँग विवाद गरेका वेस्ट बोर्नका प्रशिक्षक स्लाभेन बिलिकलाई रेफ्रीले रातो कार्ड दिएका थिए । यो जितसँगै एभर्टनले यस सिजनको प्रिमियर लिगमा उत्कृष्ट शुरुवात गरको छ । एभर्टनले खेलेका दुवै खेलमा जित हासिल गर्दै ६ अंक हासिल गरेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया