

श्रीलङ्काको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको प्रधानमन्त्री विक्रमासिंघेको घोषणा





एजेन्सी
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री विक्रमासिंघेले संसदलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको घोषणा गर्नुभएको सीएनएनले जनाएको छ ।
श्रीलंकाले केही महिनादेखि आर्थिक संकट खेपिरहेको छ । विदेशी मुद्राको अभावमा आयात गर्न नसक्दा श्रीलङ्कामा इन्धन, औषधि, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ । दैनिक उपभोग्य वस्तु खरिदका लागि घण्टौं लाइन बस्नुपर्ने र अकासिएको मुल्यका कारण जनजीवन कष्टकर बनेको छ । श्रीलंकामा खानेकुराको मूल्य अघिल्लो वर्षको तुलनामा कम्तीमा ५७ प्रतिशतसम्म बढेको छ ।
उधारोमा तेल ल्याए वापत सात सय मिलियन डलर ऋण पुगेको आयल निगमले अब पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री विक्रमासिंघेले देशको अर्थतन्त्र सुधार्नका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत साझेदार संस्थासँग सहयोगको प्रस्ताव गरेकोे बताउनुभएको छ । कोरोना भाइरसको महामारीसँगै पर्यटन क्षेत्रमा परेको असर, इन्धनको मूल्य वृद्धि, रुस–युक्रेन युद्ध र लोकप्रियताका लागि कर कटौती गर्ने सरकारको निर्णयका कारण श्रीलंकाको अर्थतन्त्र नराम्ररोसँग प्रभावित भएको हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया