

मोबाइलको आयात घट्यो



काठमाण्डौँ
मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले वैशाख दोस्रो साता छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट असारसम्म आयात गर्न रोक लगाएपछि त्यसको असर देखिन थालेको हो ।
विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया