

जिसस रुपन्देहीमा सत्ता गठबन्धन विजयी



बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा सत्ता गठबन्धन विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेसले सत्ता बाहिर रहेका दलहरूलाई समेत मिलाएर नेतृत्व हासिल गरेको हो ।
१६ पालिका रहेको रुपन्देहीमा गठबन्धनबाट कांग्रेसका प्रमुख पदका उमेदवार उमाकान्त चापागाईं २० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का नरबहादुर घर्तीमगरले १२ मत पाए ।
३२ मत रहेको जिससको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार रामकृपाल धोबी १६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मत पाइन् ।
महिला सदस्यमा कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजन २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्याई विजयी भएका छन् ।
यस्तै, नेकपा ९माओवादी केन्द्र०की मञ्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया