

जिसस रुपन्देहीमा सत्ता गठबन्धन विजयी



बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा सत्ता गठबन्धन विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेसले सत्ता बाहिर रहेका दलहरूलाई समेत मिलाएर नेतृत्व हासिल गरेको हो ।
१६ पालिका रहेको रुपन्देहीमा गठबन्धनबाट कांग्रेसका प्रमुख पदका उमेदवार उमाकान्त चापागाईं २० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का नरबहादुर घर्तीमगरले १२ मत पाए ।
३२ मत रहेको जिससको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार रामकृपाल धोबी १६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मत पाइन् ।
महिला सदस्यमा कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजन २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्याई विजयी भएका छन् ।
यस्तै, नेकपा ९माओवादी केन्द्र०की मञ्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया