

लुम्बिनी प्रदेशको बजेट : एमालेको प्रतिक्रिया – जेटले प्रतिफल दिन सक्दन



रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए ।
‘नीति राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा कार्यान्वयन गर्नको लागि समस्या देखिन्छ । जस्तै लिफ्ट आयोजनाको लागि ५ लाख रुपियाँ राखेर कसरी काम हुन्छ ?’
उनले भाषामा गौरवका आयोजना , सिचाई , खानेपानी देखि सबै देखिए पनि गौरवको आयोजनाको लागि रकम कम भएकाले लक्ष्य पुरा गर्न कठिन रहेको बताए । उनले विगतमा सरकारले बनाएका रणनीतिक सडक आयोजनाहरूको शीर्षक राखे पनि बजेट कम छुटाउँदै टुक्रे आयोजनाहरूलाई धेरै ल्याएको बताए । ‘धेरै टुक्रे आयोजनाहरू ल्याउनु भनेको कार्यान्वयन नगर्ने रसबैलाई खुसी पार्ने चुनावी बजेट मात्र हो’, उनको भनाइ छ ।
उनले जनताले उपलब्धि नपाउने बजेट सरकारले घोषणा गर्नु भनेको आश मात्र देखाउने भएको बताए । आज लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट घोषणा गरेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया