
लुम्बिनी प्रदेशको बजेट : एमालेको प्रतिक्रिया – जेटले प्रतिफल दिन सक्दन

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए ।
‘नीति राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा कार्यान्वयन गर्नको लागि समस्या देखिन्छ । जस्तै लिफ्ट आयोजनाको लागि ५ लाख रुपियाँ राखेर कसरी काम हुन्छ ?’
उनले भाषामा गौरवका आयोजना , सिचाई , खानेपानी देखि सबै देखिए पनि गौरवको आयोजनाको लागि रकम कम भएकाले लक्ष्य पुरा गर्न कठिन रहेको बताए । उनले विगतमा सरकारले बनाएका रणनीतिक सडक आयोजनाहरूको शीर्षक राखे पनि बजेट कम छुटाउँदै टुक्रे आयोजनाहरूलाई धेरै ल्याएको बताए । ‘धेरै टुक्रे आयोजनाहरू ल्याउनु भनेको कार्यान्वयन नगर्ने रसबैलाई खुसी पार्ने चुनावी बजेट मात्र हो’, उनको भनाइ छ ।
उनले जनताले उपलब्धि नपाउने बजेट सरकारले घोषणा गर्नु भनेको आश मात्र देखाउने भएको बताए । आज लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट घोषणा गरेको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया