

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा





बुटवल
महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।
मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ रु’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ । गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया