

गाउँपालिकाले दियो किसानलाई हाते ट्र्याक्टर



पाल्पा । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिदै पछिल्ला केही वर्ष यता स्थानीय तहहरुले किसानहरुलाई अनुदानमा आधुनिक प्रविधि उपलब्ध गराउने गरेका छन् । सोही अनुसार यतिबेला पाल्पाको रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।
गाउँपालिकाभित्रका ७१ जना किसानले हाते ट्र्याक्टर अनुदानमा पाएका हुन ।
खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलको भनाइ छ ।
“पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुप¥यो, यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।” गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले भने ।
ठूला ट्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक समेत पछिल्लो समय आकर्षित भएका छन् । स–सानो स्थान र ठाउमा समेत सजिलै लैजान मिल्ने यो ट्याक्टर किसान आफैले चलाउन सक्छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया