

गाउँपालिकाले दियो किसानलाई हाते ट्र्याक्टर


पाल्पा । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिदै पछिल्ला केही वर्ष यता स्थानीय तहहरुले किसानहरुलाई अनुदानमा आधुनिक प्रविधि उपलब्ध गराउने गरेका छन् । सोही अनुसार यतिबेला पाल्पाको रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।
गाउँपालिकाभित्रका ७१ जना किसानले हाते ट्र्याक्टर अनुदानमा पाएका हुन ।
खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलको भनाइ छ ।
“पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुप¥यो, यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।” गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले भने ।
ठूला ट्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक समेत पछिल्लो समय आकर्षित भएका छन् । स–सानो स्थान र ठाउमा समेत सजिलै लैजान मिल्ने यो ट्याक्टर किसान आफैले चलाउन सक्छन् ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया