१६ दिने शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ

दाङ । दाङमा छोरी ९१६ दिने शिशु० को हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले राप्ती गाउँपालिका ३ मसुरीयाकी १४ वर्षीया आमालाई पक्राउ गरेको हो ।

छोरी रोएपछि स्तनपान गराएको तर रुने क्रम नरोकिएपछि छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको आमाले बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले आज बुधवार बिहान घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र शिशुको शव भेटेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै