

अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्र दिने घोषणा गरेपछि पुटिनले दिए यस्तो चेतावनी



एजेन्सी
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएका छन् । पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू दिने घोषणा गरेपछि पुटिनले उक्त चेतावनी दिएका हुन् ।
युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई पनि पुटिनले चेतावनी दिएका छन् । आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ।
रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो । पुटिनले भनेका छन्– ‘किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणाली नै दिने घोषणा गरेका थिए । अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो ।
बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका थिए । उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन् ।
लङ रेन्जका मिसाइल किभ पठाएमा यसको उचित निष्कर्ष निकालिनेसमेत पुटिनले बताएका छन् । ‘यदि उनीहरुले पठाएमा, हामी यसबारे उचित निष्कर्ष निकाल्नेछौ। हामी आफ्नै हतियार प्रयोग गर्नेछौ जुन हामीसँग प्रशस्त नै छ, जुन हामीले अझै प्रयोगमा ल्याएका छैनौं’, पुटिनले चेतावनी दिए ।
रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।
रुसले युक्रेनमा युद्ध थालेको १०३ दिन पुरा भइसकेको छ। यो अवधिमा धेरै युक्रेनीले देश छाडिसकेका छन्।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया